खजुरामा घाँटी रेटिएको अवस्थामा फेला परे दाम्पत्ती

सदरलाइन संवाददाता १९ चैत्र २०८०, सोमबार १८:२५
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो साढ १ बजे तिर घरमा कोही नभएको बेला सो घटना भएको पाइएको छ ।

बाँके प्रहरीका अनुसार खजुरा–३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पु¥याएको थियो ।


उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ ।

उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताए ।

उनले दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको बताए ।

आईतबार मात्र नेपालगञ्ज–२१ मा घाँटी रेटिएर फालिएको अवस्थामा युवकको शव फला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छाडियो

१९ चैत्र २०८०, सोमबार १८:२५
पश्चिम नवलपरासी :  लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीको प्रतापपुर–७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । गत शुक्रबार दिउसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदिमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिए । केहि दिनदेखि सुर्यपुरामा रहेको गण्डक विद्युत […]

सम्बन्धित