लैङ्गिक रुपान्तण र सुरक्षित विद्यालय निर्माणका लागि सरोकारवाला जागरु हुँदै

सदरलाइन संवाददाता ४ चैत्र २०८०, आईतवार १७:०५
 

मधुवन (बर्दिया) : बर्दियाको मधुवन नगरपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गिक रुपान्तण र सुरक्षित विद्यालय कार्यढाँचा सम्बन्धी दुईदिने अभिमुखिकरण सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी बातावणीय विशिष्टता समुह (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा अभिमुखिकरण शुरु भएको हो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि अभिमुखिकरणले सुरक्षित सिकाई वातावरण मार्फत रोजगार उन्मुख शिक्षाको व्यवस्थापन गर्ने विद्यालयको रुपमा स्थापित हुने, बालमैत्री विद्यालय सिर्जना गरी काम प्रति सकारात्मक सोच विकास र उत्पादन गर्ने उत्कृष्ठ थलोको रुपमा विद्यालयलाई विकसित बनाउने लगायत विषयमा छलफल गरिने योजनाका साथ अभिमुखिकरणको आयोजना गरिएको परियोजना फिल्ड सुपरभाइजर गंगा गूरुङ्गले जानकारी दिईन ।


आगामी दिनहरुमा विद्यालयको लैङ्गिक रुपान्तरण र सुरक्षित बिद्यालय कार्य ढाँचामा रहेको दुरदृष्टी प्राप्तिका लागि निश्चित उद्देश्य तय गर्नुपर्ने, बालकेन्द्रित रचनात्मक सिकाई मार्फत् उच्चतम सिकाई उपलब्धी सुनिश्चितताका लागि प्रेरीत एवम् लगनशिल जनशक्ति उत्पादन गर्ने सस्थाको रुपमा विकास गराउने उद्देश्य अनुसार आगामी दिनमा सामुदायिक बिद्यालयमा हेर्न र देख्न चाहेको बि– ग्रुपका परियोजना प्रबन्ध बिर्खराज उपाध्यायले जानकारी दिए ।

मधुवन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरीले विद्यालयमा भएका असल अभ्यासहरुलाई अबलम्न गदै बालिकाहरुको बिद्यालय शिक्षामा निरन्तरता शिक्षण सिकाइ कृयाकलापमा सुधार, अभिभावको सक्रिय सहभागिता गराउन र विद्यालयलाई लैगिंक मैत्री, बालमैत्री वातावरण सृजना गर्नका लागि अपनाउनु पर्ने कुरालाई जोडदिईन ।

२ दिनसम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा ११ बिद्यालयका ब्यबस्थापन, शिक्षक अभिभावक संघका पदाधिकारी र प्रधानाध्यापक सहित २१ जनाको सहभागीता रहको थियो । उक्त अभिमुखिकरण शिक्षा क्षेत्रमा कृयाशिल बखत भण्डारीले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा सञ्चालित सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी तालिम सम्पन्न

४ चैत्र २०८०, आईतवार १७:०५
बर्दिया :  प्लान इन्टरनेशनल नेपालसको आर्थिक साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको ठाकुरद्वारामा हरित अर्थतन्त्र परियोजना अन्तर्गत आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र […]