नेपालगञ्ज : मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाए । आफु बुझ्ने भएपछि उनले बुवाको मुर्ति बनाउने सोँच बनाए ।
बुवाको नागरिकताको प्रमाणपत्रमा रहेको फोटोको आधारमा मूर्ति बनाउने प्रयास गरे । तर पहिलो पटक बनाएको मूर्तिबारे उनलाई आफै चित्त बुझेन । तर यही अठोटले उनलाई अहिले देशकै सफल मूर्तिकारको रुपमा चिनाएको छ ।
मगरले भने, ‘सानोमा छँदा मूर्ति देखेपछि चिमोठे, बोलेन । ठुलीआमाले मूर्ति हो भनेपछि मलाई पनि बुवाको मूर्ति बनाउन मन लाग्यो ।’ उनले हालसम्म करिब दुईसय विभिन्न मूर्ति निर्माण गरिसकेको बताए ।
गाउँघरमा भगवानका मूर्ति बनाउने उनी मूर्तिकार बन्ने भन्दै प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि काठमाडौं पुग्नुभयो । डडेल्धुरा आलितालस्थित घरबाट भागेर हिँडेका उनले खाने र बस्ने केही ब्यवस्था नभए पनि मूर्तिकार बन्छु भनेर राजधानी छिरेको बताए ।
त्यसपछि उनी काम गर्दै पढ्दै गरेर मूर्तिकलाको औपचारिक शिक्षा लिए । मूर्तिकार शिरोमणी मगरले डडेल्धुरामा परशुराम धाममा एक करोड पाँच लाख रुपैयाँको लागतमा एउटै मूर्ति तयार गरेका छन् । पहिलो मूर्ति तयार गरेबापत ३५ हजार पारिश्रमिक लिएको उनले बताए ।
मूर्ति बनाउनु आफ्नो रहर भएको बताउने उनले पछिल्लो समय यसबाट नाम र दाम कमाउन सफल भएको बताए । मूर्ति बनाएर आयोजकको अनुरोधमा मूर्ति स्थापना हुने स्थानमा आफै मूर्ति लिएर त्यसलाई स्थापनाका लागि समेत उनले सहयोग गर्दै आएको चर्चा गरे ।