लखनऊ र दिल्लीबाट नेपालगञ्ज सिधा बस सेवा शुरु

सदरलाइन संवाददाता १० फाल्गुन २०८०, बिहीबार १८:२३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भारतीय सीमावर्ती बजार रुपईडिहा बस स्ट्याण्डमा लखनउ र दिल्लीबाट नेपालगञ्ज सिधा बस सेवाको बिहीवार उदघाटन गरिएको छ ।

यस अवसरमा नानपारा विधायक रामनिवास वर्मा, नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर वैश्य, ब्लक प्रमुख नवाबगञ्ज जेपी सिंह, उत्तर प्रदेश यातायात विभाग (देवी पाटन डिभिजन) का सेवा प्रबन्धक आरबीएल शर्मा, आरएम अंकुर विकास, एआरएमजे जेपी सिंह र अन्य धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए ।

सो अवसरमा नगर पञ्चायतका अध्यक्ष डा. उमाशंकर वैश्यले राष्ट्रिय राजधानी दिल्ली र प्रदेशको राजधानी लखनउबाट सिधा बस सेवा शुरु भएपछि नेपालगञ्ज जाने यात्रुले कुनै पनि प्रकारको अप्ठ्यारोमा नपर्ने बताए । उनीहरूसँग भइरहेको लुटपाटलाई रोक्न मदत पुग्ने उनले बताए ।


उनले उत्तर प्रदेश यातायात विभागबाट धेरै फाइदा हुने र बस सञ्चालनमा रोक लगाइने बताए । नानपाराका विधायक रामनिवास वर्माले स्थानीय बस स्ट्याण्डमा यात्रुलाई सुविधा उपलब्ध गराइने बताए ।

बिहीवारबाट नेपालगञ्जदेखि लखनऊका लागि ५ र दिल्लीका लागि ५ वटा बस उत्तर प्रदेश यातायात विभागले सञ्चालनमा लगाउनुका साथै अयोध्यामा भर्खरै बनेको भव्य श्रीराम मन्दिरको दर्शनार्थीका लागि रुपईडिहा डिपो खोल्ने पनि बताए ।

बनारसका लागि बिहान ८ बजेदेखि बस सेवा शुरु भएको छ । जुन अयोध्या हुँदै बनारससम्म जाने र छिट्टै अन्य रुटमा पनि बस सञ्चालनमा ल्याउने उनले बताए । छिट्टै रुपईडिहा डिपोमा नयाँ चालक भर्नाको प्रक्रिया थाल्ने सेवा प्रबन्धकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘दृष्टिबिहीन प्रति राज्य जिम्मेवार हुनुपर्ने’

१० फाल्गुन २०८०, बिहीबार १८:२३
नेपालगञ्ज : नेपालगञ्जस्गित मंगलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्युनदृष्टियुक्त बालबालिका अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्युनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले लिएको छ । संघले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिार […]