कोहलपुर (बाँके) : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल –प्याब्सन) कोहलपुरले आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ । कोहलपुर नगर प्याब्सनका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले कोभिड १९ पछिको विषम परिस्थिती पश्चात् शिक्षण सिकाई क्रिायक्लाप तथा अतिरिक्त क्रियाक्लापलाई पुनः जोड दिँदै विद्याथीहरुको अन्तरनिहीत क्षमतालाई प्रष्फुटन गर्नका लागि प्याब्सन कोहलपुरले विभिन्न गतिविधी सञ्चालन गरिरहेको सांगठनिक प्रतिवेदनमा नगर सचिव रमेश केसीले उल्लेख गरेका छन् ।
त्यसै गरी प्याब्सन कोहलपुरका कोषाध्यक्ष मित्रलाल वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा संस्थाले बालबालिकाहरुको क्षमता अभिबृद्धिसँगै भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आर्थिक सहयोग गरेको उल्लेख छ ।
संस्थाले कुल १७ लाख ९ हजार ११ रुपैयाँ बराबरको विभिन्न क्रियाक्लाप तथा सामाजिक उत्तरदायित्वमा खर्च गरेको प्रतिवेदनमा भनिएको छ । कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम रावतले संस्थागत विकाससँगै कोहलपुर प्याब्सनले सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको प्रति धन्यवाद दिएका थिए ।
कार्यक्रममा प्याब्सन बाँकेका सल्लाहकार दिनेश सिग्देल, केशर बहादुर आले लगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्