नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक अनावरण

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १७:३२
 

खजुरा (बाँके) : नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको पूर्ण कदको शालिक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ को सैनिकगाउँमा अनावरण गरिएको छ ।

सैनिक गाउँस्थित बहादुरपुर चोकमा शालिक अनावरण गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संयुक्तरुपमा शालिकको अनावरण गरेका थिए ।

१४७औं लखन थापा मगर स्मृति दिवसका अवसरमा अनावरण गरिएको प्रथम शहिद लखन थापा मगरको पूर्ण कदको शालिक साढे ६ फिट अग्लो छ भने तौल २०० केजी रहेको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफानले शहिदले देखाएको मार्गमा हिँड्नुपर्ने भन्दै शहिदकै कारण आज हरेक नागरिकले स्वतन्त्र भएर बाच्न पाएकोमा गर्व लागेको बताए ।


हाँसीहाँसी जीवन बलिदान गर्ने शहिदलाई सबैले सम्मान र आदर गर्नुपर्ने पनि उनले बताए । उनले भने, ‘समाज परिवर्तनका लागि बलिदान दिनेहरु भौतिक रुपमा नरहे पनि समाजमा सधैं बाचिरहेका छन् । हामीले सधैं सम्झिरहेका छौ ।’

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले शहिदले देखाएको बाटोमा सदैव अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वडाध्यक्षहरु लगायतले बोलेका थिए ।

नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष उज्ज्वल सिंह थापाको सभापतित्वमा आयोजना भएको शालिक अनावरण कार्यक्रमअघि लखन थापाको शालिकलाई बाजागाजासहित सैनिकगाउँका बिभिन्न टोलहरुमा परिक्रमा गराइएको थियो भने बौद्ध दीप प्रज्वलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरस्वती पुजाका साथै पुस्तक दिवस मनाइयो

२ फाल्गुन २०८०, बुधबार १७:३२
नेपालगञ्ज (डेस्क) : बुधवार सरस्वती पुजासँगै ११ औं राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । दिवसका अवसरमा बाल मन्दिर प्रावि रामलिला मैदान, युद्ध संस्कृत विद्यालय नेपालगञ्ज, नेराप्रावि घरबारीटोल, गौसिया मावि […]