सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी कार्यशाला शूरु

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १८:४०
 

गुलरिया (बर्दिया) :  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह( बी– ग्रूप) को आयोजनामा बर्दियाको मधुवन, वारवर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउपालिकाको परियोजना विद्यालयका शिक्षकहरुले आगामी दिनमा विद्यालयमा सकारात्मक सिकाइको वातावरण सिर्जना गर्ने वातावरणका लागि दुईदिने सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी तालिम शुरु गरिएको छ ।

सो कार्यशालामा सकारात्मक सोच, खुशीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु साथै सुरक्षित बिद्यालयको अबधारण बारेमा प्रशिक्षक बखतबहादुर भण्डारीले प्रशिक्षण गर्ने छन ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बर्दियाकी कार्यालय प्रमुख रेबिका अमात्यले यस्ता तालिमले आफनो निजि जीवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवापुग्ने र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित हुने बताईन ।


कार्यशालामा सिकेका बिषयबस्तु विद्यालयको कक्षाकोठामा लागु गरि अन्तिम सफलता बालबालिकाको सिकाइ उपलब्धी वृद्धी र निरन्तरता भएको खण्डमा यसको उपलब्धी हुने भएकाले बिगतदेखि सस्थाले संचालन गर्ने कृयाकलापमा समन्वय अनुगमन निरिक्षण भएको र आगामि दिनमा यस कार्यलाई निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरिन ।

त्यसैगरि प्लान इन्टरनेशनल नेपाल बर्दियाका वालविवाह न्युनिकरण परियोजनाका फोकलपर्शन बिमल गैरेले बालविवाहविरुद्ध अभियान मार्फत विद्यालय स्तरमा समाबेशि तथा सिकाइ बातावरणका लागि बिभिन्न कृयाकलाप मार्फत काम गरिरहेको बताए ।

परियोजना संचालन पश्चात परियोजना बिद्यालयमा सुरक्षित तथा भएरहित सिकाइ बातावरणका लागी गुनासो सुनवाई समन्यत्र कृयाशिल रहेका सबै बिद्यालयमा आचारसंहिता निर्माण गरि सबै पक्षमा छलफल गर्ने र यसलाई कार्यान्वयन गर्ने गरिरहेको छ । बिद्यालय र कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण निर्माण गर्ने प्रयास समन्वय तथा सहकार्य गर्ने गरिएको उनले जानकारी दिए ।

बी–ग्रुपद्धारा सन्चालित बाल विवाह न्युनीकरण परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ज्ञान प्रदान गर्न सहयोग गर्ने, युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने, परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्य मान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धी नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको परियोजनाका प्राबिधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाईंदै

१ फाल्गुन २०८०, मंगलवार १८:४०
नेपालगञ्ज : बुधवार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईंदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा […]