नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत खरालको बिदाई

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १७:४९
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरालको गत माघ १९ गते सरुवा गरे पछि मंगलबार गाँउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान सहित बिदाई गरिएको छ ।

गाउँपालिकाले औपचारिक कार्यक्रम गरेर समान सहित बिदाई गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले जानकारी दिए । १४ महिना नरैनापुरमा काम गरेका खरालले सरुवा माग गरे पछि मन्त्रालयले दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा गरेको हो ।

खरालको जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले सम्मान गर्दै दोसल्ला ओढाएर गाउँपालिकाको कार्यालयबाट बिदाई गरेका छन् । उनको आगामी कार्यकालको शुभकामना दिँदै पालिकाबाट बिदाई गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।


पालिकाको बेरुजु र भुक्तानी फछ्यौटमा प्रमुख प्रशासकिय अधिकृत खरालले खेल्नुभएको भुमिकाको वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले सह्राना गरेका थिए । बिदाई कार्यक्रममा कर्मठ र मिलनसार अधिकृत खरालको कार्यशैली ,व्यवहार र शिष्टता प्रति जनप्रतिनिधि र कर्मचारीहरुले प्रशंसाका साथै आगामी कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्यै, निमित्त प्रमुख प्रशसकिय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, महिला विकास शाखा, पशु शाखा प्रमुख, सुरक्षाकर्मी लगायत विभिन्न वडाका सचिव र सर्वसाधरणहरुको सहभागितामा बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको न्याय सम्पादनबारे अदालतद्वारा निरीक्षण

१ फाल्गुन २०८०, मंगलवार १७:४९
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले मंगलबार डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको छ । गाउँपालिकाअन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, […]