कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट हुने

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १८:२९
 

नेपालगञ्ज : बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गते देखि फाल्गुन ३ गते सम्म सुशिल कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको ब्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आर्चायले यो प्रतियोगिताले महिला क्रिकेटका लागि कोसेढुंगा साबित भएको बताए । यस प्रतियोगिताले महिला क्रिकेट खेलाडीका लागि आत्मबल समेत बढाउने बिश्वास लिएको र सञ्चारकर्मीहरुले सकरात्मक सन्देश प्रवाह गरिदिन समेत आग्रह गरे ।

क्रिकेटका पुर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीका लागि पुर्नजन्म दिएको बताए ।

सोही अनुसार कोहलपुरमा हुने यू–१९ राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


देशभरीका पाँच प्रदेशका ५ वटा टिमहरु बिच ११ वटा खेल प्रतियोगितामा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितालाई ब्यवस्थित गर्नका लागि चिन्तामणी धितालको संयोजकत्वमा समन्वय समिति बनाइएको छ । यो समितिले क्यानसँग समन्वय गर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितीय हुनेलाई ५० हजार ट्रफिको समेत ब्यवस्था गरिएको छ । बिभिन्न जिल्लाबाट आउने खेलाडीहरुको आवास र खानपिनको ब्यवस्था आयोजकले गर्ने बताइएको छ ।

यो प्रतियोगिताले कोहलपुरका लागि ऐतिहासिक हुने बताइएको छ । प्रतियोगिताका खेलहरु कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटक सूविधा लिएर नेपालबाट भारतका विभिन्न शहरमा पेसेन्जर बोक्दै

२१ माघ २०८०, आईतवार १८:२९
नेपालगञ्ज  :  तिर्थाटनको लागि भारतीय दूताबासबाट अलईण्डियाको रुट परमिट लिएर नेपालका विभिन्न नाकाहरुबाट भारतका विभिन्न शहरमा टिकट काटेर यात्रु बोक्ने गरिएको छ । पर्यटकको सुबिधा लिएर यात्रु बोकेको आरोपमा नेपाली यात्रुबहाक बसलाई भारतको उत्तर प्रदेशको नानपारामा भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएर यात्रु ओरालेका छन् । दाङ्गबाट रा १ ख २८२४ […]