नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ ।
बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका प्राणीलाई नै खतरामा पारेको बताए । उनले सो बारेमा स्थानीय तहहरुमा पनि चेतना र सचेतना जगाउनु अपरिहार्य भइसकेको बताए ।
बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख दलबहादुर चौधरी, स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।
सोही प्रकारले सो बैठकमा नगरपालिकाका महिला तथा बालबालिका प्रमुख रीता कुमारी थारु, उद्यम विकास संयोजक पूर्णबहादुर ओली, भेटेरिनरी युनिट प्रमुख विनोद थारु, कृषि विकास शाखा प्रमुख तुलाराम चौधरी, वाश प्रमुख रमेशकुमार पोखरेल, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, परियोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर सञ्जिता रिसाल र सामाजिक परिचालन अधिकृत जनकराम थारु लगायतको पनि उपस्थिति रहेको थियो ।
बैठकका अधिकांश सहभागीहरूले परियोजनाको उद्देश्य र लक्ष्य निकै उत्कृष्ट रहेको जनाउँदै त्यसलाई सफल पार्न समन्वय, सहयोग र सहकार्य मार्फत अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।
स्थानीय सरकार र प्रमुख सरोकारवाला निकायका साथै आगामी दिनमा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले विभिन्न कार्य गरी वातावरण तथा जलवायु मैत्री नीति र मार्गनिर्देशनलाई अद्यावधिक गर्ने तथा समाहित गर्ने निर्णयसंगै बैठकको समापन गरिएको थियो ।