सिधनियामा व्यवस्थित मशानघाट निर्माणको पहल

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १७:२९
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगञ्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको लागि समाजसेवीहरुको अगुवाईमा पहल अघि बढाइएको हो ।

व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि बारम्बार स्थलगत अनुगमन र श्रोतको खोजी कार्य भैरहेको अधिबक्ता तथा समाजसेवी विकास आचार्यले बताए ।

मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउन खोजिएको अधिबक्त आचार्यले बताए ।

शवदाह गृह गर्न आउँदा घाटमा देखिएको अव्यवस्थित संरचनालाई व्यवस्थापन गर्न हामीले पहल थालनी गरेको उनले बताए । आधुनिक तरिकाले यसको संरचना निर्माण गरिन लागिएको छ बारम्बार यसबारे छलफल तथा स्थलगत निरिक्षण गर्दै आएको अधिवक्त आचार्यले बताए ।

जुनकिसिमले अहिले दाहसंस्कारमा समस्या छ यसलाई हटाउनको लागि हामी एकवद्ध तरिकाले लागेको मानवअधिकारकर्मी भोला महतले बताए । राप्तीनदि किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको मानवअधिकारकर्मी महतले बताए ।


राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको हुनाले राप्तीपुल आसपास जहाँतहि शवदोहन गर्ने र फोहर फाल्ने लगायतका विभिन्न समस्यालाई हल गर्ने उद्देश्यका साथ केही ओट लाग्ने ठाउँसम्म भएपनि सहज हुने किसिमले व्यवस्थित घाट निर्माणका लागि गुरुयोजनाको पहल गरिएको डाक्टर बद्रि चापागाईले बताए ।

शवगृहमा खानेपानी लगायत अन्तिम दाहसंस्कारका लागि चाहिने सम्पुर्ण कुराहरु निर्माण गर्ने प्रक्रियामा रहेको उनले बताए ।

बर्खायाम होस या गर्मीयाममा घाम पानीबाट बच्नको लागि नदीको बहावअनुसार अन्तिम संस्कारका लागि व्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य दिपा शर्मा रुपाखेतीले बताइन् । निर्वाचित भएको पहिलो प्रथामिकतामा रहेको सिधनियामा शवदाह गृह र भेरी अस्पताल नेपालागन्जमा प्रसृति गृह बनाउने लक्ष्य अनुरुप थालनी गरेको प्रतिनिधिसभा सदस्य शर्माले बताइन् ।

राप्तीपुल निर्माणसंगै पुलको उत्तरसाइडमा बन्ने शवगृहको लागि स्थानीय तह, प्रदेश र संघिय तहका दाताको सहयोगमा निर्माण कार्य अघि बढाइनेछ ।’ घाट निर्माणका लागि प्रतिनिधि सभा सदस्य दिपा शर्मा रुपाखेतीको पहलमा डुडुवा गाउँपालिकामा ४० लाख बजेट विनियोजन भैसकेको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो । घाटमा ४–५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको हो । यस कार्यमा सम्पुर्ण नागरिकले पहल गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य शर्माले बताइन् ।

अन्तिम दाहसंस्कार गर्न आउने जोकोहीले बारम्बार गुनासो र संरक्षणका लागि पहल गर्न आग्रह गरे बमोजिम यसको थालनी अगाडी बढाएको शर्माले बताइन् । अन्तिम दाहसंस्कारका लागि बाँके र बर्दियाका विभिन्न स्थानबाट सिघनियाघाटमा दाहसंस्कार गर्न आउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट विदेशी पर्यटक भित्रिन पाएनन्

१४ माघ २०८०, आईतवार १७:२९
नेपालगञ्ज : सीमापारि भारतको रुपईडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगञ्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् । […]