नेपालगञ्ज : निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगञ्जका विद्यालयरुमा पुनः जाडो विदा दिइएको छ ।
अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते दुई दिन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
यसअघि माघ ४ गतेदेखि ८ गतेसम्म पनि विद्यालयहरुमा जाडो विदा दिइएको थियो । तर, मौसममा सुधार नभएपछि फेरि विदा दिइएको छ ।
यस्तै डुडुवा गाउँपालिकाले पनि माघ १४ र १५ गते पुनः जाडोको विदा दिइएको जनाएको छ । बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।