चिसोबाट जोगाउन राप्तीसोनारी तयारी अवस्थामा

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १४:३४
 

नेपालगञ्ज : यस वर्षको चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । केही दिन अघिको हल्का वर्षाका कारण बाँकेमा ह्वात्तै चिसो बढेको छ । पश्चिमी बायुको प्रभावका कारण मौसममा आएको परिवर्तनले ह्वात्तै चिसो बढेको हो । सोमवार बाँकेको तापक्रम न्यूनतम ९.६ डिग्री सेल्सियस र अधिकतम २४.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

बाँकेमा चार दिन यता विहान कुहिरो र हुस्सु लाग्ने गरेको छ । तापक्रम घट्ने दर दैनिकरुपमा जारी रहने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदायसँगै जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका र अपांगता भएका व्यक्तिहरु हुने गर्दछन् । राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्तबहादुर पौडेलले चिसोबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका तयारी अवस्थामा रहेको बताए ।

‘कोही पनि मानिसको जाडोबाट ज्यान नजाने गरी तयारी गर्न वडालाई पनि निर्देशन दिएका छौँ उनले भने–‘यस पटक पालिकाले पनि राम्रो तयारी गरेको छ ।’ पालिकाले विपद पूर्व प्रतिकार्य योजना नै बनाएको छ । विशेषगरी राप्तीसोनारी बाढी र डुवानको उच्च जोखिम पालिका हो ।


प्रतिकार्य योजनामा पनि यसैलाई प्राथमिकतामा राखेर योजना बनाइएको छ । तथापी चिसोबाट पनि नागरिकलाई सुरक्षित राख्न पालिका तयारी अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । ‘खासगरी विपन्न तथा गरिव नागरिकहरु चिसोको मारमा पर्ने गर्छन् उनी भन्छन–‘जोखिममा रहेका नागरिकका लागि कम्वल लगायतको न्यानो कपडा तयारी अवस्थामा राखिएको छ । आवश्यकता र प्राथमिकताको आधारमा वितरण गरिन्छ ।’

पालिकाले विपद व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शितलहर र चिसो अत्यधिक बढे दाउरा वितरणको योजनामा समेत पालिका रहेको सूचना अधिकारी जीवन न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद राणा र नेपालगञ्जका मेयर, उपमेयरबीच भेटघाट

२६ मंसिर २०८०, मंगलवार १४:३४
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, उपमेयर कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ । दुईपटकका नेपालगञ्जका मेयर रहिसकेका सांसद राणा यहाँको विकास निर्माणका बारेमा चर्चा गर्न मेयर र उपमेयरको कार्यकक्षमा पुगेका थिए । सांसद राणाले यहाँको विकास र त्यसका […]