‘हाम्रो जीवन निर्वाहका कारण भ्रष्टाचार बढ्यो’

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १३:३०
 

नेपालगञ्ज  :  भ्रष्ट्राचारको मुख्य कारण हाम्रो जीवन निर्वाह अत्यन्तै महंगो हुनुले नै भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन । भ्रष्ट्राचारबिरुद्धको अन्तराष्ट्रिय दिवसका सन्र्दभमा आयोजित एक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

दैनिकी जीवन अत्यन्त मंहगो बन्दै गएका कारण समाजमा भ्रष्ट्राचार बढेको पाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले समाजमा देखाशिखी र कालोबजारीको कारण भ्रष्ट्राचारले प्रसय पाएको कुरामा जोड दिदै भ्रष्ट्राचार हुन नदिन पारदर्शिता र जवाफदेहिताको खोज ीगर्न आवश्यक रहेको औल्याए ।

भ्रष्ट्राचारबिरुद्धका अभियन्ता नमस्कार शाहले राज्य भ्रष्ट्राचार बिरुद्धको दिवस मनाउन पनि नखोज्ने तर, भ्रष्ट्राचार बिरुद्धको शुन्य सहनशिलताको नारा अलाप्न नछोड्ने परिपाटिले देशमा भ्रष्ट्राचार झनै मौलाएर गएको बताए ।


उनले भ्रष्ट्राचारको अभिलेखमा उच्च रहेको मुलुक भनेर पहिचान बनाउने राष्टको रुपमा नेपाल पुग्दा पनि यसलाई नियन्त्रण र निर्मूल पार्नतर्फ कसकै ध्यान जान नसेकेको उनको गुनासो थियो ।

सो अवसरमा भ्रष्ट्राचारबिरुद्ध क्रियाशिल बागेश्वरी अशलसाशन क्लवको आयोजनामा नेपालगञ्जको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म वाकाथनको आयोजना गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा स्थानीयस्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै

२३ मंसिर २०८०, शनिबार १३:३०
जानकी (बाँके) : जानकी गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकहरुलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजारमा रहेको मुक्तिनाथ र सांग्रिला बैंकमा जानुपर्ने वाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि स्थानीयलाई सहज भएको छ […]