कोहलपुरम द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टर खुल्यो

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १५:५७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद बिकास मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टरको उदघाटन गरेका हुन् ।

पुर्ब मन्त्री गहतराजले व्यपार ठप्प भई आर्थिक अभाबका कारण सटरहरु बन्द गरेर बसेका व्यपारीहरुलाई द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा ल्याउनुले थप प्रेरणा थपिने बताए । पुर्ब मन्त्री गहतराजले द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरले स्थानियवासीलाई शुलभ गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गर्दै टेलर्सले थप प्रगतीको शुभकामना हासिल गरोस भन्ने धारणा राखे ।

लामो समय सटिङ सुटिङ सेन्टरमा दक्ष भएका सेन्टरका प्रोप्राईटर शालिकराम नगबाग र मोहित परियारलाई पुर्ब मन्त्रीले बधाई तथा व्यवसाय सफलताको शुभकामना समेत दिएका थिए ।


प्रोप्राईटर नगबागका अनुसार न्यू स्टायल टेलर्स एण्ड सर्टिङ सुटिङ सेन्टर नाम रहेको टेलर्स नेपालगञ्ज र कोहलपुरमा समेत रहेको बताए । द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर कोहलपुरमा तेस्रो शाखा रहेको प्रोप्राईटर नगबागले जानकारी गराए ।

सर्टिङ सुटिङको सम्पुर्ण काम दक्ष कालीगढबाट प्रदान गरिने भएकोले गुणस्तरीय सेवा प्रवाह गरिने प्रोप्राईटर मोहित परियारले जानकारी गराए ।

टेलर्स एण्ड सुटिङ सेन्टरको उदघाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महाँसंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, महासंघ सचिब रुपलाल परियार, महासंघ लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र परियार, नेपाल दलित मुक्ति अभियानका उपाध्यक्ष तुलसिराम बिश्वकर्मा, घरेलु महासंघका केन्द्रिय सदस्य सेराकान्त शर्मा समाजसेवी, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘हाम्रो जीवन निर्वाहका कारण भ्रष्टाचार बढ्यो’

२२ मंसिर २०८०, शुक्रबार १५:५७
नेपालगञ्ज  :  भ्रष्ट्राचारको मुख्य कारण हाम्रो जीवन निर्वाह अत्यन्तै महंगो हुनुले नै भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन । भ्रष्ट्राचारबिरुद्धको अन्तराष्ट्रिय दिवसका सन्र्दभमा आयोजित एक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । दैनिकी जीवन अत्यन्त मंहगो बन्दै गएका कारण समाजमा भ्रष्ट्राचार बढेको पाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार […]

सम्बन्धित