बालिका पुजा चौधरीेले बनिन् गुलरियाको उपमेयर

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १४:५३
 

नेपालगञ्ज : बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाइन् ।

१२ औं अन्तर्राष्ट्रिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गरेकी हुन् ।

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गरिन् ।

बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाएकी थिइन् ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका थिए भने उपप्रमुख चौधरीले जवाफ दिएकी थिइन् ।


गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको टेक ओभर कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक गोविन्द लामिछानेले गरेका थिए भने परियोजनाको उद्देश्य बारे परियोजना अधिकृत ईश्वर विकले जानकारी गराएका थिए ।

टेक ओभरमा नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गरेकी चौधरीले आफ्नो अनुभव सुनाउँदै यसबाट आत्मविश्वास बढ्नुका साथै नेतृत्व गर्ने अवसरले क्षमताको पनि विकास भएको बताइन् ।

कार्यक्रमको समापन गर्दै उपमेयर गौतमले यो कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै यसले बालिका र किशोरीको क्षमता बढाउन अहम भूमिका खेल्ने बताइन् ।

उनले प्लान र युनेस्कोले बाल विवाह अन्त्यका लागि गुलरियामा गरेका प्रयास र कार्यक्रम निकै प्रभावकारी देखिएकोले पालिकाले पनि निरन्तर सहयोग गरिरहने र ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरु कार्यान्वय गर्ने प्रतिवद्धता पनि जनाइन् ।

विभिन्न क्लबका १५ जना किशोरीहरुको उपस्थिति रहेको सो कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख शतिस यादव र महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बालविवाह अन्त र बालिका अधिकारका बारेमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नर्सिङ क्याम्पसको भवन उदघाटन

११ मंसिर २०८०, सोमबार १४:५३
नेपालगञ्ज : भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाईमा समस्या देखिएपछि नेपालगञ्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ । नर्सिङ क्याम्पसको नयाँ भवनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका विषय चार वर्षे बीएस्सी नर्सिङ र तीन वर्षे बीएनएसका छात्राहरुले अध्ययन गर्नेछन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र […]