कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क चार महिनामै भत्किन शुरु भएको छ । साउनको पहिलो हप्ताबाट सञ्चालनमा आएको उक्त बसपार्क साढे ३० करोड ६२ लाख ७ सय १ रुपैयाँमा निर्माण भएको थियो ।
उक्त बसपार्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । उदघाटन गरेको चार महिना पनि नबित्दै बसपार्कको पिच भत्किँदै गएको छ ।
नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आएपनि मङसिर महिनाको पहिलो सातादेखि नै भत्किन शुरु भएको छ । यस्तो कम्जोर पिच हुनुमा सम्बन्धित ठेकेदार र सरोकार बाला निकायको पनि कमजोरी रहेको सम्बद्धहरु बताउँछन् ।