बाँकेका चार गाविसमा विपद् जोखिम व्यवस्थापन परियोजना संचालन

३१ असार २०७३, शुक्रबार १३:४७
 

सदरलाइनडटकम427946_138649662948391_467050169_n
३१ असार, नेपालगन्ज : विद्यालयमा आधारित विपद् जोखिम व्यवस्थापनको माध्यमवाट समुदाय, विद्यालय तथा सम्बन्धित सरोकारवालामा विपद् उत्थानशीलता वृद्धि गर्ने उद्देश्यले बाँके युनेस्को क्लबद्धारा जिल्लाका चार गाविसमा बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण परियोजना संचालन गरिएको छ । क्लवका परियोजना संयोजक दिपेन्द्र चौधरीका अनुसार, जिल्लाका उढरापुर, बेतहनी, कचनापुर र बिनौना गाविसका आठ विद्यालयलाई कार्यक्रम भित्र समेटिएको छ ।
कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय विपद् जोखिम व्यवस्थापन समिति गठन, बाल क्लब गठन, विद्यालय सुधार कार्ययोजना तर्जुमा, बहुखतरा जोखिम विश्लेषण, आपतकालिन उद्दारका लागि निरन्तर तयारी, गाविसस्तरीय कार्ययोजना निर्माण तथा तयारी, शिक्षक बालबालिकाको क्षमता अभिवृद्धि, तालिम, गोष्ठी लगायतका कार्यक्रम संचालन गरिएका छन ।
सोही परियोजना अन्तर्गत शसक्रबार कचनापुर गाविसमा आयोजित ‘विपद् जोखिम न्युनिकरणका लागि विद्यालय र समुदायबीच समन्वय गोष्ठी आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागि, राजनीतिक दलका प्रतिनिधि, नागरिक वडा मञ्चका पदाधिकारी, गाविस प्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुले विपद् व्यवस्थापनका लागि प्राविधिक र प्रशासनिक पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी, बाँके विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालय स्रोत व्यक्ति विष्णु शर्मा, सेभ द चिल्ड्रेनका प्रमोद न्योपाने, क्लबका सल्लाहकार नीरज गौतमलगायतले गाँउ समुदायकको साझा प्रयास तथा क्रियाशिलतावाट मात्र विपद् व्यवस्थापन हुन सक्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल अधिकार, बाल संरक्षण तथा समस्या व्यबस्थापन तालिम

३१ असार २०७३, शुक्रबार १३:४७
सदरलाइनडटकम ३१ असार, नेपालगन्ज  :    सेभ द चिल्ड्रेनका साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित एकिकृत परियोजना अन्र्तगत गठित बाल संरक्षण समितिका पदाधिकारी, पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुलाई बाल अधिकार, बाल संरक्षण र समस्या व्यबस्थापन सम्बन्धी तालिम दिईएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा न. ३, १०, ११, १६ र […]