हात्तीबाट खेतबाली बचाउन मौसमी विद्युतीय तारबार

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १४:१४
 

बर्दिया : जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न मौसमी विद्युतीय तार जडान गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ ।

बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी तारबार निर्माणमा स्थानीय किसानलाई तालिम दिइएको बडघर हाउ थारुले बताए । गत साउन महिनामा जडान गरिएको विद्युतीय तार जडान भएका कारण यस वर्ष हात्तीले क्षति नपु¥याएको उनले बताए । करिब ५ कीमी मध्यवर्तीक्षेत्रको वन सिमानामा तारबार लगाइएको छ ।

यहाँको ७५ बिघा क्षेत्रफलमा हुने धान, गहुँ लगायतका बाली वन्यजन्तुबाट क्षति पु¥याउँदा निकै प्रताडित स्थानीयवासी विद्युतीय तारबार प्रभावकारी बन्दै गएको मधुवन–२ कि कल्पना दर्लामीले बताइन् । ठूलो संख्यामा ओहोरदोहोर गर्ने जंगली हात्तीबाट जैविकमार्ग आसपासका बासिन्दा प्रभावित भएका छन्,’ उनले भनिन्, ‘यहाँ विद्युतीय तारजाली नहुँदा हात्ती खेतबारीमा पस्नसाथ ठूलो क्षति पु¥याउँदै आएको थियो ।’


धेरै हात्ती भएको श्रीलंका, म्यानमार जस्ता मुलुकमा मौसमी विद्युतीय तारबार लगाउने गरिएको छ । यो निकै प्रभावकारी भएकोले नेपालमा पनि पहिलो पटक परीक्षण गरिएको हात्ती सम्बन्धी जानकार एंव बर्दिया निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

मधुवन नपा, डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, खाता जैविक समन्वय समिति र उज्यालो नेपालको सहकार्यमा क्याम्पास फिल्मस फ्रान्स मार्फत यूएस फिस एण्ड वाइलाइफ सर्भिसको आर्थिक सहयोगमा मधुवन–२ रजवारामा मौसमी विद्युतीय तारबार लगाइएको हो । यो प्रविधी सस्तो, सजिलो र प्रभावकारी भएकोले खेतीको समयमा सानो समूहमा किसान मिलेर विद्युतीय तारबार जडान गर्ने र खेती पाकेपछि झिकेर पुनः अर्को खेतमा प्रयोग गर्न सकिने स्थानीय बडघर वीरबहादुर थारुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्प प्रभावित क्षेत्रमा डुडुवाले पठायो राहत

२१ कार्तिक २०८०, मंगलवार १४:१४
डुडुवा (बाँके) : जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामग्री पठाएको छ । भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल […]