दाङ उद्योग वाणिज्य सघंमा संयुक्त व्यवसायिक प्यानलका जोशी निर्वाचित

सदरलाइन संवाददाता १४ आश्विन २०८०, आईतवार १६:३७
 

दाङ :  दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका बसन्त जोशी निर्वाचित भएका छन । उनले साझा समावेशी प्यानलका रामप्रसाद पोख्रेललाई ४ सय ३५ मत अन्तरले पराजित गरि संघको अध्यक्षमा निर्वाचित भएका हुन ।

जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे । शनिवार दाङको घोराहीमा सम्पन्न उद्योग वाणिज्य सघंको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानल र साझा समावेशी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा होमिएका थिए । सो निर्वाचनमा १ उपाध्यक्ष बाहेक बसन्त जोशी नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।

त्यस्तै वाणिज्य सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका नरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन । उनले १ हजार ३ सय ६१ मत प्राप्त गरे भने निकट्तम प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका ८ सय ४२ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुव कुमार गहत्तराज १ हजार १ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी संयुक्त व्यवसायिक प्यानलका भरतप्रसाद रेग्मीले १ हजार ७० मत प्राप्त गरे ।

बाणिज्य उपाध्यक्ष संयुक्त व्यवसायिक प्यानलका मालिलाराम खड्काले १ हजार १ सय ५२ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी राजभक्त रानाले १ हजार २० मत प्राप्त गरे ।


त्यस्तै वाणिज्य सघंको महासचिवमा महेन्द्र बुढाथोकीले १ हजार २ सय ३६ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी शालिक खनालले ९५४ मत प्राप्त गरे । सचिबमा विकास वलीले १हजार ८४ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी भिमसेन डाँगीले १ हजार ८० मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा जगत आचार्य १ हजार २ सय ३ मत प्राप्त गरि निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी प्रेम बहादुर बुढाले ९ सय ६८ मत मात्र प्राप्त गरे । सह–कोषाध्यक्ष १ हजार ३सय २९ मत प्राप्त गरि माधब खनाल निर्वाचित भए । उनका निकट्तम प्रतिद्वन्द्वी यादवबहादुर श्रेष्ठले ७ सय ७८ मत प्राप्त गरे ।

त्यस्तै उधोग सदस्यमा बिक्रम राना १ हजार २ सय ७ मत लिई निर्वाचित भए भने उनका प्रतिस्पर्धी सन्तोष नेपालीले ७३४ मत प्राप्त गरे । महिला सदस्यमा लिला नेपाली १ हजार ११ मत लिई निर्वाचित भइन । उनका निकट्तम प्रतिद्वन्द्वी देबकला बस्नेतले ९५५ मत प्राप्त गरिन ।

बाणिज्य सदस्यहरुमा रुद्र बहादुर जैसीले १ हजार १ सय ४२,दिपक पण्डितले १ हजार २ सय २५,निम बहादुर बुढाथोकीले १ हजार १ सय २०, युवराज पन्तले १ हजार १ सय २०,राम प्रसाद पोख्रेलले १ हजार ३सय ४०, पुष्कर राज न्यौपानेले १हजार ६३, नोर्वु तामाङले १हजार ३ सय ६ र सुरज बुढाथोकीले १ हजार १ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन ।

दाङ जिल्ला उद्योग वाणिज्य सघंमा कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ५७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा वेवारिसे मृत्युवरण गरेका १९६ नेपालीको अस्तु मानव उपकार संस्था भारतको पहलमा बाग्मतीमा विषर्जन गरियो

१४ आश्विन २०८०, आईतवार १६:३७
काठमाडौं : भारतमा वेवारिसे शवको व्यवस्थापन तथा अन्तिम संस्कार गर्दै आएको उत्तर प्रदेशको अलिगढमा रहेको अग्रणी सामाजिक संस्था मानव उपकारले बाग्मती नदीमा ठूलो संख्यामा भारतमा वेवारिसे मृत्यु वरण गरेका नेपालीका अस्तु विषर्जन गरेको छ । मानव उपकार संस्थाको पहलमा सोह्रश्राद्धको अवसर पारेर काठमाडौंको पशुपतिनाथ मन्दिरको छेउमा रहेको वाग्मती नदीमा संस्थामा […]

सम्बन्धित