नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ मा आज चेतनामूलक र्याली गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा वडा स्तरीय चेतनामूलक र्याली गरिएको वडा अध्यक्ष गोविन्द रेग्मीले बताए । र्यालीमा वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी, विद्यार्थी, वडाबासी लगायतको उपस्थिति थियो ।
हिंसा, मानव बेचविखन, बालविवाह, स्वास्थ्य, सरसफाईका क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न चेतनामूलक प्ले–कार्डसहत र्याली निकालिएको वडा अध्यक्ष रेग्मीले जानकारी दिए ।