लुम्बिनीका मुख्यमन्त्री गिरीले गरे सचिवालय बिस्तार

सदरलाइन संवाददाता १८ माघ २०७९, बुधबार १३:३८
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सचिवालय विस्तार गरेका छन् । उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन् ।

प्रेस संयोजकमा टीका बस्नेत नियुक्त भएका छन् । प्रेस चौतारीका केन्द्रीय सदस्य बस्नेत दाङ निवासी हुन् । यस्तै, मुख्यमन्त्रीको सचिावलयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारीलाई नियुक्त गरिएको छ ।


यस्तै, कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई पनि नियुक्त गरेका छन् । यस अघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए ।

मुख्यमन्त्री गिरीले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालयमा नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार १३:३८
दार्चुला : जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए । उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त […]