नेपालगञ्जमा शुरु गरियो ‘वाटर एटीएम’

सदरलाइन संवाददाता १७ माघ २०७९, मंगलवार १३:०४
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले धित मर्ने गरी पानी पिउन सकिने जानकारी गराएका छन् ।

उनीजस्तै अन्य सर्वसाधारणले पनि वाटर एटीएमबाट तीनदेखि पाँच रुपियाँमा धित मरुन्जेल पानी पिउन सकिने बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोजी चोक, पुष्पलाल चोक र सेतु विक चोक, जयसपुर बस बिसौनी र जमुनाहा भन्सार रोड अगाडि वाटर एटीएम सेवा सञ्चालन गरिएको छ ।


यसलाई अब केही समयभित्र नेपालगञ्जको अन्य चार स्थानमा सञ्चालन गर्न लागिएको वाटर एटीएमका सञ्चालक एवं अल्कालाइन इन्टरप्राइजेज प्राइभेट लिमिटेडका मिसबाहुल हक अन्सारीले जानकारी दिए ।

उनका अनुसार चिसो पानी प्रतिलिटर पाँच रुपियाँ र नर्मल पानी प्रतिलिटर तीन रुपियाँमा बिक्री हुँदै आएको छ । संस्थाको तथ्याङ्कअनुसार गर्मी मौसममा एउटा वाटर एटीएयममा पाँच सय बढीले र जोडोमा दुई सय जनाभन्दा बढीले दैनिक पानी खाँदै आएका छन् । यो दररेट नेपालगञ्ज उपमहानगरपालिकाले तोकेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा २०७३ सालदेखि वाटर एटीएम सञ्चालनमा आएको हो । एक स्थानमा वाटर एटीएम सञ्चालन गर्न आठ लाख रुपैयाँ लगानी लाग्ने गर्छ । यो सेवामूलक व्यापारबाट पनि खर्च व्यवस्थापन गरेर केही रकम बचत गर्न सकिने सञ्चालकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी

१७ माघ २०७९, मंगलवार १३:०४
दाङ : लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएको छ । यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् । माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता […]