भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १६:१३
 

नेपालगञ्ज : नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न ‘दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।

देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गरेका हुन् ।


अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा सहयोग पुया¥उनु भएको योगदान स्वरुप सम्मान गरिएको हो ।

नेपालगञ्जस्थित गुड आइडियल व्यूटी टे«निङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापित गरि युवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पुर्याएकोमा भण्डारीलाई सममान गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको महोत्सवमा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहने

७ माघ २०७९, शनिबार १६:१३
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसरी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु […]