डुडुवा गाउँपालिका वडा नं. ६ मा दाउरा वितरण

सदरलाइन संवाददाता २५ पुष २०७९, सोमबार १४:४४
 

डुडुवा (बाँके) : चिसो अत्याधिक बढेपछि बाँकेका विभिन्न पालिकाले दाउरा वितरण गर्न थालेका छन् । यसै क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ को कार्यालयले सोमवार हिरमिनिया चोकलगायत विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था गरेको छ ।

वडा कार्यालयको सिफारिसमा हजरात सामुदायिक बनले दाउरा उपलब्ध गराएको वडाध्यक्ष मोहनराम मिश्रले बताए । नेपाली काँग्रेसका नेता नेतराम मुराउको विशेष पहलमा हिरमिनिया चोक, स्वास्थ्य चौकी, वडा कार्यालय लगायत विभिन्न ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको वडाध्यक्ष मिश्रले बताए ।


आगो ताप्ने व्यवस्था भएपछि वडा कार्यालय र स्वास्थ्य चौकीका सेवाग्राही तथा चोक भएर ओहोर दोहोर गर्ने सर्वसाधारणले राहत महशुस गरेको स्थानीय जयपाल मौर्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाको हिउँदे अधिवेशन शुरु

२५ पुष २०७९, सोमबार १४:४४
जानकी (बाँके) : जानकी गाउँपालिका हिउँदे अधिवेशन शुरु भएको छ । वडा नम्बर ३ स्थित गाउँकार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उदघाटन गरे । गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको उदघाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान […]