लुम्बिनी प्रदेशको मुख्य उपलब्धी स्थायी राजधानी कार्यान्वयन

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १४:११
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ । त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ । अघिल्लो कार्यकालको यो उपलब्धि हो ।

साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ । साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताए ।


उनका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्रे भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

उनका अनुसार तीन हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको, छ सय आठ वटा स्यालो ट्युबेल, एक हजार आठ सय पाँच वटा सिँचाइ कुलो निर्माण गरिएको छ । त्यस्तै एक सय २२ किलोमिटर लम्बाईमा नदी नियन्त्रणको कार्य भएको छ । यसबाट दुई हजार एक सय १५ हेक्टर जमिन नदीबाट उकास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थलको सबै उडान रद्द

१९ पुष २०७९, मंगलवार १४:११
नेपालगञ्ज : बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् । जहाज अवतरण र उडानका लागि भिजिविलिटी नपुग्दा यहाँबाट पहाडी […]