नेपालगञ्जमा गरिएको सडक अवरुद्ध खुल्यो

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १४:०७
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्ड सुचारु भएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो । अहिले पीडित पक्षसंग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । आन्दोलनरत पक्ष आन्दोलन रोकेर वार्तामा बसेको हो ।


घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको मुख्य उपलब्धी स्थायी राजधानी कार्यान्वयन

१९ पुष २०७९, मंगलवार १४:०७
नेपालगञ्ज : लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा […]