राष्ट्रिय पोसाक तथा ढाका टोपी दिवस बाँकेमा मनाइयो

सदरलाइन संवाददाता १७ पुष २०७९, आईतवार १४:०८
 

नेपालगञ्ज : राष्ट्रिय पोसाक तथा ढाका टोपी दिवस नेपालगञ्जमा मनाइएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा मनाइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको गेटबाट साइकल यात्रा सुरु गरि विपी चोक, धम्बोजी चोक, सेतु बिक चोक, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेशमान चोक हुँदै उपमहानगरपालिका कार्यालयको गेटसम्म साइकल यात्रा गर्दै मनाइएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका एमडी डाक्टर सुरेशकुमार कनोडियाको प्रमुख आतिथ्यतामा सम्पन्न साइकल यात्रामा सहभागी सबै साइकलेहरुले ढाका टोपी लाएर साइक्लिङ गर्दै शहर परिक्रमा गरेका थिए ।


उक्त कार्यक्रममा प्रमुख अतिथी डा. कनोडियाले क्लबले गर्ने गरेका नियमित गतिविधि र विशेष कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिँदै साइक्लिङ मानव स्वास्थ्यका लागी अनित नै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सहभागी सबैलाई नेपालगञ्ज घरबारीटोलमा रहेको पाल्पाली ढाका टोपी पसलको तर्फबाट एकएक थान ढाकाटोपी उपहार प्रदान गरिएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।

पाल्पाली ढाकाटोपी पसलका सञ्चालक बिष्णु कँडेलले नेपाल र नेपालीको पहिचानका रूपमा रहेको ढाकाटोपीलाई प्रवद्र्धन गर्न क्लबले आयोजना गरेको ढाकाटोपी दिवसको साइकल यात्राले महत्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुल्तान बाबा दरगाह कुट्टीको नमूना र शाहले गरे उदघाटन

१७ पुष २०७९, आईतवार १४:०८
नरैनापुर (बाँके) : लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गरेका छन् । कुट्टीको उदघाटन गर्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले […]