चिसो बढेपछि बाँकेको जनजीवन नराम्रो प्रभावित

सदरलाइन संवाददाता १४ पुष २०७९, बिहीबार १३:३१
 

नेपालगञ्ज : तीन दिनदेखि घाम नलागेको बाँकेमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले जनजीवन थप कष्टकर बनाएको छ ।

चिसो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ । चिसो बढेसँगै अस्पतालहरुमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा विरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालले बताए ।


जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउँछाउँ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीको अधिवेशन पुस १८ गते

१४ पुष २०७९, बिहीबार १३:३१
नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् । हालसम्म अस्थायी मुकाम बुटवलमा […]