बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियान तीब्र

सदरलाइन संवाददाता २० कार्तिक २०७९, आईतवार १३:५०
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियानले तीब्रता पाएको छ । सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा किशोरसिंह राठोर र एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुँदै छ ।

त्यहाँ दुवै उम्मेदवारले आ आफ्नो जितको दावी गरेका छन् । एमालेलाई राप्रपाको साथ छ । काँग्रेस सहमहामन्त्री समेत रहेका राठोरले विकास निर्माण आफ्नो मुख्य एजेण्डा भएको बताए ।

यस्तै खजुरा गाउँपालिकाका अध्यक्ष समेत भइसकेका किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी सम्बृद्ध प्रदेश निर्माणका लागि हुने बताएका छन् ।


यस्तै प्रदेशसभामा क मा सत्तागठबन्धनबाट आइपी खरेल र ख बाट बादशाह कुर्मी चुनावी प्रतिस्पर्धामा हुँदा एमाले र राप्रपा गठबन्धनबाट प्रदेशसभा क मा रत्न खत्री र ख मा भीम ओली प्रतिस्पर्धामा उत्रिएका छन् ।

उम्मेदवारहरुले आआफ्नो जित सुनिश्चित भएको बताएपनि मतदाताले कस्लाई जिताउछन त्यो हेर्न भने मंसिर ४ पछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन

२० कार्तिक २०७९, आईतवार १३:५०
नेपालगञ्ज : सरकारले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनका लागि बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि सरकारले देशभर १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको हो । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख […]