तिहारमा पनि उम्मेदवारलाई घरदैलोकै चटारो

सदरलाइन संवाददाता ८ कार्तिक २०७९, मंगलवार १६:४०
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, प्रदेश क का उम्मेदवार रत्न खत्री र प्रदेश ख का उम्मेदवार भीम ओली तिहारको वीच पनि घरदैलो अभियान र जनता भेटघाटमै व्यस्त रहे ।

क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ६ र ७ का विभिन्न बस्तीहरुमा प्रतिनिधिसभा उम्मेदवार कक्षपति र प्रदेश क का उम्मेदवार खत्रीले संयुक्त घरदैलो अभियान संचालन गरेका छन् । जनतासंग भोट माग्न पुगेका दुबै उम्मेदवारलाई जनताले उत्साहजनक ढंगले स्वागत गर्दै आफ्नै ठाउँका र केही गर्न सक्ने सम्भावना बोकेका उम्मेदवार भन्दै हौसला प्रदान गरेका छन् ।

निरन्तर घरदैलो र जभेटघाटमा रहेका उम्मेदवारद्वयले आफुहरु जनताको साथबाट उत्साहित भएको बताए । स्थानीयका माग र गुनासोलाई सुन्दै जनतासंग भेटघाट गर्दै जाँदा थप उर्जा प्रदान भएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।


उता क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीम ओली तिहारमा कला संस्कृतिको जर्गोना गर्दै खेलिने द्येउसी भैलो र स्थानीय स्तरमा तिहारका अवसरमा संचालित फुटवल लगायत खेलकुदका कार्यक्रममा सहभागिता जनाउँदै उनीहरुलाई हौसला प्रदान गर्ने र आपसी सम्बन्धलाई मजबुद पारिरहेका छन् ।

खजुरा ६ र ७ का विभिन्न टोलबस्तीमा रहेका संघका उम्मेदवार कक्षपति र प्रदेश ख का उम्मेदवार खत्रीलाई निवर्तमान वडाध्यक्ष अतिउल्लाह खाँ र साविर अलि वेहना, एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य नन्द विश्वकर्मा, घननाथ खनाल, बैजनाथ गाउँपालिका कमिटी सचिव प्रेम सुवेदी, युवा नेता सुनिल रसाइलीलगायत घरदैलोमा सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको विपी चोकस्थित आगलागी, दुई पसल जले

८ कार्तिक २०७९, मंगलवार १६:४०
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार राती आगलागी भएको छ । विपी चोक नजिकै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित जनता ट्रेडर्स र समा फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार आगलागीबाट जनता ट्रेडर्सको गोदाममा रहेको सिरक डसना तथा समा फर्निचरको […]