बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले गत भाद्र ५ गतेदेखि औपचारिकरुपमा शुरुगरेको हातधुने अभियान यतिबेला वडाहरुमा केन्द्रित गरिएको छ ।
ठाकुरबाबा नगरपालिकालाई नेपाल मै पहिलो पूर्ण हातधुने नगरपालिका घोषणा गर्ने लक्ष्य लिएर शुरु गरिएको यो अभियान अन्तरगत पहिलो चराणमा वडा नं. १, ४ र ९ का वडाहरुमा सामुदायिक हातधुने अभियानकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिएपश्चात उनीहरुको सहजीकरणमा वडावडामा हातधुने अभियान सञचलन गरिएको हो ।
वार्ड वास समन्वय समितिको आयोजनामा वडा नं. १ मा रहेका राजनीतिक दलका प्रतिनिधिहरु, बडघरहरु, शिक्षकहरु, आमा समूहका सदस्यहरु, सामुदायिक हातधुने अभियान्ताहरु र समुदायका सदस्यहरुको सहभागितामा हातधुने अभियानबारे समुदायमा जानकारी गराउने र अभियानको प्रचार प्रसार गर्ने गरिएको छ ।
वडावास समन्वय समितिका अध्यक्ष एव्म निबर्तमान वडाअध्यक्ष कृष्णप्रसाद थारुको अध्यक्षतामा हातधुने अभियान र पूर्ण हातधुने कार्यबाट हुने फाइदाहरुका बारेमा छलफल गरेर शुरु गरिएको हो ।
कार्यक्रमका सहभागीहरुको ¥यालीले डुम्रेनीगाउँ परिक्रमा गरी हातधुने स्थान बनाउन स्थानीयलाई उत्प्रेरित गर्नुका अतिरिक्त बनेको हातधुने स्थानहरुको प्रयोग बारेको अनुगमन पनि गरेको थियो । सो क्रममा माइकबाट समेत हातधुने अभियानमा सहभागी हुन र घरघरमा कम्तिमा पनि टुटी सहितको हातधुने स्थानबनाएर पूर्ण रुपमाहात धोई पालिकाको अभियानलाई सफल बनाउन अनुरोध गरिएको थियो ।
कार्यक्रममा पालिकाको यो अभियानमा प्राबिधिक सहयोग गरिरहेका गेरुवा ग्रामीण जागरण संघ र तेर दे जेम्सका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।