बाँके काँग्रेसले पनि चुनावी अभियान तीब्र पार्दै

सदरलाइन संवाददाता २ कार्तिक २०७९, बुधबार १३:५९
 

नेपालगञ्ज : नेपाली कांग्रेसका उम्मेदवारहरुले बुधवार नेपालगञ्ज १३ उदयपुरका नेता कार्यकर्तालाई भेटेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा क्षेत्र २(१) का उम्मेदवार राजकुमार बर्माले स्थानीय नेता कार्यकर्तालाई भेटेर आफूहरुका पक्षमा प्रचार गर्न आग्रह गरेका छन् ।


“बुधवार हामी विहान वडा नम्बर १३ उदयपुरमा पुग्यौं, त्यहाँका कांग्रेसका स्थानीय नेता कार्यकर्ता एवम् शुभेच्छुकलाई भेटेका छौं, हाम्रो उम्मेदवारीले सबै उत्साहित हुनुहुन्छ, कांग्रेसका पक्षमा माहोल बनिरहेको छ,“ क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार राणाले भने–“कांग्रेस रोज्ने मनस्थितिमा मानिसहरु पुगिसकेका छन् ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोशनी–शरद हत्या काण्ड : शरदका साथी पक्राउ

२ कार्तिक २०७९, बुधबार १३:५९
दाङ : तुलसीपुरमा किशोर– किशोरी हत्या काण्ड अनुसन्धनका क्रममा प्रहरीले बुधबार बिहान थप एक जनालाई पक्राउ गरेको छ । एकै साथ हत्या गरेको अवस्थामा फेला परेका मध्य १४ बर्षीय शरद आचार्यका मिल्ने साथीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शरद र उनले एउटै फेसबुक आइडी प्रयोग गरेको तथ्य पत्ता […]