मतदाताको गुनासो सुन्दै हौसला बटुल्दै रास्वपा उम्मेदवार अग्रहरी

सदरलाइन संवाददाता २ कार्तिक २०७९, बुधबार १२:०८
 

नेपालगञ्ज : मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्टिय स्वतन्त्र पार्टीका उमेदवार विनोद अग्रहरीले मतदाताको हौसला पाइरहेका बताएका छन् ।

आफ्नो चुनावी एजेण्डाका साथ घरदैलोमा पुगेका राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रहरीले मतदाता समक्ष उनले आफ्ना एजेण्डामा मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेको दाबी गरे ।

उनले भिडभाड, तामझाम विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीति अनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको बताउँदै जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको दाबी गरे ।


उनले मतदाताले आफुलाई निर्वाचित गराए आफुले मतदातालाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् । कतिपय मतदाताले अग्रहरीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार नदेखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो ।

‘चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखे जस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका छन्’– उनले भने । अग्रहरीले मतदाता भेट्दै गलत गरेको खण्डमा आफ्नो कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे ।

नेपालगञ्जको धम्बोझी सदरलाइन, न्युरोड क्षेत्रमा मतदाता भेटेको उनको सचिवालयले जनाएको छ । अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास बढ्र्द गएको अग्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके काँग्रेसले पनि चुनावी अभियान तीब्र पार्दै

२ कार्तिक २०७९, बुधबार १२:०८
नेपालगञ्ज : नेपाली कांग्रेसका उम्मेदवारहरुले बुधवार नेपालगञ्ज १३ उदयपुरका नेता कार्यकर्तालाई भेटेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा क्षेत्र २(१) का उम्मेदवार राजकुमार बर्माले स्थानीय नेता कार्यकर्तालाई भेटेर आफूहरुका पक्षमा प्रचार गर्न आग्रह गरेका […]

सम्बन्धित