अष्ट्रेलियामा मासिक ३० लाख तलबको सरकारी जागिर छोडेर नेपालगञ्ज फर्किका

को हुन बिनोद अग्रहरी ? किन दिए उम्मेदवारी ?

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार ०९:२३
 

बिनोद अग्रहरी बाँके बर्दियामा एक सफल दुरसन्चार उद्यमीका रुपमा परिचित छन् । उनको दुरसन्चार सन्जालमा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले भाडामा लिएर सेवा प्रवाह गर्छन् । सुपर भिजन नामको उनको आफ्नै टेलिभिजन सेवा प्रदायक कम्पनी छ । नेपालगञ्जमा पहिलोपटक अप्टिकल फाइबर लाइन भित्र्याउने व्यवसायीसमेत रहेका विनोद अग्रहरीको व्यवसायले उनलाई दाम र चाहिए जति नाम पनि दिएकै छ । तर, उनी यतिखेर राजनीतिक संग्राममा होमिएका छन् । उनले आफूलाई प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचत गराउन बाँके क्षेत्र नम्बर २ का जनतासँग साथ मागिरहेका छन् । स्थापित पार्टीभन्दा संगठन बिस्तारका क्रममा रहेको रष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिएका छन् । तर उनी दृढ आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको बताउँछन् ।

विनोद अग्रहरीका बुवा पनि व्यवसायी हुन् । उनका बुवाको नेपालगञ्जदेखि सुर्खेतसम्म बस सन्चालनमा थियो । बुटवलमा जन्मिएका अग्रहरी ८ कक्षासम्म होस्टेलमा बसेर उतै पढे । ८ कक्षापछि उनले नेपालगञ्जस्थित जयबागेश्वरी माविबाट एसएलसी पास गरे । आइएससी काठमाडौंमा पढे । बिएससी पाल्पामा बढे । त्यसपछि उनी अष्ट्रेलिया गएर टेलिकम्युनिकेशन इन्जिनियरिङमा पुर्ण छात्रवृतिमा डिप्लोमा गरेका हुन । दैनिक १९ घण्टा कामको अनुभव पनि अष्ट्रेलिया लिएका छन् । मासिक ३० लाख तलबको सरकारी कम्पनीको जागिर छोडि नेपालगञ्ज फर्किएर उनले सुरु गरेको व्यवसाय थियो टेकिम्युनिकेशन कै ।

उनले व्यवसायका क्रममा अनेक उतारचढाव ब्यहोरे । अष्टेलियको सुख सुविधा र प्रविधिको अनुभव गरेर आएको उनको नवयुवक मश्तिष्कलाई उता र यहाँ आफ्नो देशको फरकपनले पिरोल्न थाल्यो । सरकारी संयन्त्रका तानाबाना उनले भोग्नुसम्म भोगे । उनले व्यवसाय स्थापित गराउन सोचेभन्दा बढी र अन्यायपूर्ण मिहिनत र अवरोधहरु झेल्नुप¥यो । यसका बाफजुद उनले व्यवसायलाई स्थापित गराइछाडे । उनले हाल सम्म ३ हजार युवाहरुलाई रोजगारी समेत दिइसकेका छन् ।

उनले व्यवसायिक यात्राको दुई दशकमा तीनवटा संसदीय चुनाव देखे । एक स्थानीय चुनाव पनि देखे । राजनीतिक दल, तीनका उम्मेदवार र निर्वाचित प्रतिनिधिहरुको अकर्मण्यता नजिकबाट भोगे । दल र जनप्रतिनिधिले जनतालाई झुक्याएको, आफ्नो जिम्मेदवारी पूरा नगरेको र नीति नियमका नाममा जनतालाई संकटमा पार्ने राज्यको कार्यशैलीका विरुद्ध उनीहरुको चुप्पीले उनलाई भित्रभित्रै भुट्भुट्याउन थाल्यो । विद्युत सेवाको खराब हालत, सरकारी कार्यायलमा घुसको सहारा लिनुपर्ने बाध्यता नहटेको, बाढी र डुबानले निम्त्याउने विपत्तिको समस्या वर्षाैंदेखि ज्यूका त्यूँ रहेको, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार नभएको जस्ता समस्याहरुले उनको सचेत मश्तिष्कलाई घोच्न थाल्यो । यद्धपि उनी आफ्नो इमानदार व्यवसायिक धर्ममा विश्वास गर्दै तल्लिन त्यसैमा रहन थाले । राजनीतिक दलहरु नै सुर्धन्छन् भन्ने उनको विश्वासमा बिस्तारै स्खलन भने आउँदै थियो ।


एकदिन टेलिभिजनमा प्रधानमन्त्रीले एक अन्तवार्तामा पत्रकारलाई ‘प्रश्न गरेर गाली गरेर मात्रै केही हुँदैन । हिम्मत भए राजनीतिमा आउन,’ भन्दै चुनौती दिँदै गरेको देखे । त्यसपछि उनलाई लाग्यो अब खासमै चुनौती दिनैपर्छ । त्यसपछि उनी आफ्ना समस्याका बारेमा खुलेर बोल्न थाले । विरोध प्रदर्शनमा सहभागी हुने र आफ्नो तथ्यपरक धारणा सार्वजनिक गर्न थाले । सार्वजनिक सरोकारका विषयमा बोल्न थाले ।

उनको सामाजिकरुपमा सक्रियताले मात्रै उनको अभिष्ट पूरा हुनसक्ने अवस्था थिएन । स्थापित राजनीतिक दलहरुभित्रको विकृति उनले थाहा नपाउने कुरै भएन । त्यहाँ उनीजस्ता मान्छेलाई ठाउँ छैन भन्ने बुझेकै थिए । सही माध्यम र संगठनको खोजीमा थिए । त्यही क्रममा पत्रकार रवि लामिछानेले राजनीतिक दल दर्ता गरेर संगठन बिस्तार थालेपछि उनले आफ्नो सही राजनीतिक सारथी भेटेको महसुस गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको जनजीविका र सुशासनको मुद्धाले उनलाई तान्यो । पार्टीमा उनले आफ्नो इच्छा जाहेर गरे र उम्मेदवारका लागि टिकट पनि पाए ।

यतिखेर विनोदको प्रतिनिधि सभा सदस्यका रुपमा उम्मेदवारीलाई बाँके क्षेत्र नम्बर २ मा अर्थपूर्णरुपमा हेरिएको छ । उनलाई स्थापित राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिनसक्ने व्यक्तिका रुपमा हेरिएको छ । उनी आफू जनताका मुद्धाको राजनीति र राज्यका खोटपूर्ण नीतिहरुको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

टेलिभिजन सेवा प्रदायकका रुपमा उनले आफूले यहाँका हरेक घरघरको स्थिति, उनीहरुको आर्थिक र समाजिक स्थिति, जनताका अपेक्षा र चाहनाहरु, यहाँका वास्तविक समस्याहरु, समस्या समाधान हुन नसक्नुका कारणहरु एवं तिनको समाधानका उपायहरु थाहा रहेको बताउँछन् । संसदमा सदस्यका रुपमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न प्रतिबद्ध रहेको बताउँदै विनोदले भने, ‘म प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु नै मेरो एक किसिमको जित हो । म यहाँका नागरिकहरुलाई उनीहरुलाई कसरी ठगिएको छ भन्ने कुरामा सुसुचित गर्छु । मैले नैतिकतासहितको व्यवसाय गरेको हुँ । राजनीति पनि म नैतिकतासहितकै गर्छु । नेपालगन्जको जनतालाई अरुले जस्तो निराश बनाउँदिन ।’ सचिवालयबाट प्रेस नोटमा अधारित –सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका डुवान तथा बाढी पीडितको अवस्था बुझ्दै नमूना

२९ आश्विन २०७९, शनिबार ०९:२३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरका बाढी प्रभावित जनतासँग माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले भेटघाट तथा छलफल गरेकी छिन् । उनी लगातारको वर्षातको कारण डुवानमा परेको नरैनापुरका सबै वडामा पुगेर बाढी प्रभावित तथा स्थानीयसँग छलफल गर्नुको साथै बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा विषेश चासोको […]