बर्दिया : गत असोज १९ गतेदेखि भएको अबिरल वर्षातको कारण बाँके र बर्दियाका बाढी तथा डुवान पीडितको उद्दार तथा पुनस्थापनाको लागि आवश्यक बिभिन्न राहत सामाग्री उपलब्ध गराईएको छ ।
प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा अखाध्य राहत सामाग्री उपलब्ध गराईएको हो ।
बिहीबार बर्दियाको राजापुर नगरपालिकामा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका प्रतिनिधि जनक गिरिले प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीलाई र गेरुवा गाउपालिकाका अध्यक्ष जमानसिंह केसीलाई हस्तान्त्रण गर्दै प्लान नेपाल विपदको बेलामा बर्दियाली जनतालाई सानो सहयोग गरेकोे बताए ।
साझेदार संस्था बाँके युनेस्को क्लवका अध्यक्ष रबी तुलाधरले बाँके युनेस्को क्लवले गत असोज १९ गतेदेखि २५ गतेसम्म अविरल परेको बर्षातका कारण डुवानबाट पीडित तथा प्रभावितका लागि क्लवले कतार च्यारेटीको सहयोगमा बाँकेमा ५० त्रिपाल, र आफनै आन्तरिक कोषबाट बर्दियामा ५० त्रिपाल र सेल्टरमा मेस चलाउनको लागि खाद्यान्न समेत उपलब्ध गराएको जानकारी दिए ।
बिहीबार प्लान ईनटरनेशनल नेपाल र युनेस्को क्लवको टोलीले हस्तान्त्रण गरेको राहत सामाग्री बुभ्mदै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले बिपदमा हातेमालो गर्न आउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्लान र युनेस्को लगायतको साझेदार संस्थाको टोलीले बर्दियाको राजापुर नगरपालिकामा १०० थान कम्बल, १०० थान झुल, १०० थान त्रिपाल र १०० थान मेट्रेस यसैगरी गेरुवा गाउपालिकामा ५० थान कम्बल, ५० थान झुल, ५० थान त्रिपाल र ५० थान मेट्रेस हस्तान्त्रण गरिएको थियो ।
सो अवसरमा गेरुवा गाउपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशाशकिय अधिकृत बसबहादुर राना, बाँके युनेस्को क्लवका कार्यक्रम निर्देशक महेश नेपाली लगायतको उपस्थिति रहेको थियो ।