खजुरामा हुने दशै महोत्सवको तयारी पूरा

सदरलाइन संवाददाता १५ आश्विन २०७९, शनिबार १५:००
 

नेपालगञ्ज : बाँकेको खजुरामा आइतवार आयोजना गरिने दशै महोत्सवको तयारी पूरा भएको छ । आदर्श युवा बचत समुहले आयोजना गर्न लागेको महोत्सवको अघिल्लो दिन शनिबार एक नम्बर बजार क्षेत्रमा सरसफाई गरिएको थियो । विहान गरिएको सरसफाई कार्यक्रममा समुहका सदस्यहरु, स्थानिय व्यापारी, शिक्षक, वुद्धिजिवि लगाएतको उपस्थित रहेको थियो ।

समुहले आयोजना गर्न लागेको महोत्सवमा निशुल्क स्वास्थ्य चेकजाँच विहान ९ बजेबाट सञ्चालन गरिने दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर खजुरामा आयोजना गर्न लागेको महोत्सवमा चर्चित गायक तथा संगितकार राजेन्द्र बजगाई, चर्चित मोडल आरुसी मगर लगाएत स्थानियस्तरमा ख्याति कमाएका कलाकारको प्रस्तुति रहने संयोजक दाहालले जनाए ।


स्वास्थ्य शिविरका लागि नेपालगन्जमा रहेको लाइफ लाइन हस्पिटल एण्ड जनरल अस्पताल संग सहकार्य गरिएको समुहका सचिव सुवास निरौलाले जनाए । स्थानिय कलाकारलाई महोत्सवमा महत्वका साथ प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

स्थानिय कला सस्कृतिको जगेर्णा गर्न महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सास्कृतिक कार्यक्रम, स्थानिय सामुदायिक ३ वटा विद्यालयलाई डस्टविन वितरणसगैं निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिन लागेको समुहका अध्यक्ष कुंवरले जानकारी दिए ।

समुहका सदस्यलाई महोत्सवमा लगाउनका लागि पोशाक नेपालगञ्ज जिल्ला प्रशासन कार्यालय अगाडि रहेको श्री हनुमत स्टेश्नर्स एण्ड अर्डर सप्लायर्सले प्रदान गरेको छ । महोत्सवलाई एक सचेतनाका रुपमा समेत लिन संयोजक दाहालले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुद मन्त्रीकै गृह जिल्लामा खेलकुदको अवस्था अत्यन्त नाजुक

१५ आश्विन २०७९, शनिबार १५:००
नेपालगञ्ज : आगामी असोजको २८ गतेदेखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अत्यन्तै फितलो भएको गुनासो खेलाडि बृत्तबाट आएको छ । बाँके खेलकुद मन्त्री महेश्वरजंग गहतराजको गृहजिल्ला हो । उनकै गृहजिल्लाका खेलाडिले ९औ राष्ट्रिय खेलकुदको तयारी तथा छनौट अत्यन्तै फितलो र लापरवाही तरिकाले भएको गुनासो खेलाडि बृत्तबाट […]