नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

सदरलाइन संवाददाता १५ आश्विन २०७९, शनिबार १३:१७
 

नेपालगञ्ज : नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदै छ ।

नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ ।


यहाँ जिल्ला न्यायाधिश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

बाँकेमा तीनवटा निर्वाचन क्षेत्र रहेको । मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधी बढ्दै गएको छ । फिक्स भएका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

१५ आश्विन २०७९, शनिबार १३:१७
नेपालगञ्ज : हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र परेका छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाण्डौमै उडान केन्द्रित गरेपछि उनीहरूले टिकट नपाएर नेपालगञ्जमै अलपत्र परेका हुन् । अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका उनीहरु निराश […]

सम्बन्धित