नेपालगञ्ज उपमहानगरले मोतियाविन्दुको निःशुल्क आप्रेशन गर्ने

सदरलाइन संवाददाता १३ आश्विन २०७९, बिहीबार १५:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अप्रेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले बिहीवार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कमरुद्दिन राईले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सिफारिसमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाइएको बताए ।

उनले नगरलाई फ्रि–वाईफाई जोन बनाउने गरी काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए । उपप्रमुख राईले वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी गराउँदै वडाबासीको अनुहारमा देखिएको खुसीले आफूहरुलाई सन्तोष मिलेको बताए ।


दशैं, तिहार, छठ, मोहम्मद डे र गुरुनानक जयन्तीको अवसरमा शुभकामना दिँदै उपमेयर राईले यी चाडपर्वहरुले आपसी भाइचारा, एकता र सद्भाव बृद्धि गर्ने बताए । नेपालगञ्ज देशकै नमुना सहर भएको बताउँदै उहाँले एक अर्काको पर्वमा नेपालगञ्जबासीले देखाउने आत्मीयता र सहिष्णुता अद्वितीय रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१३ आश्विन २०७९, बिहीबार १५:५६
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाले बिहीबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताए । हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सगै आर्थिक […]