कतार च्यारिटीको सहयोगमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उद्घाटन

सदरलाइन संवाददाता २८ भाद्र २०७९, मंगलवार २०:२३
 


काठमाडौँ : कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको समुद्घाटन गरिएको छ ।

नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले गरेकी हुन ।

कार्यक्रमको सभापति समेत रहेकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्तगरिन ।

उनले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गरिन ।

कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदूत अल हैलको उपस्थितिमा समपन्न रहेको सो समारोहमा समाजकल्याण परिषदका सदस्य सचिव मनोज भट्ट विभागीय प्रमुखहरु प्रल्हाद बाबु पन्त, भगवती संग्रौला, संजय मल्लिक तथा कतार च्यारिटीका कार्यकारी निर्देशक इर्शाद अलि शेख, बूढानिलकण्ठ नगरपालिकका जनप्रतिनिधी सहित विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदूतले कतार निर्माणमा नेपालको ठूलो योगदान रहेको चर्चा गर्दै नेपाललाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको बताए । उनले आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन ।


ब्यवसायिक सिप विकासबाट युवाहरुमा प्रत्यक्ष फाइदापुगोस् भन्ने उद्देश्यले निर्मित यस भवनले सर्थकता पाउनेमा कतार च्यारिटीका कार्यकारी निर्देशक शेखले कतार च्यारेटी आशावादी रहेको बताए ।

व्यावसायिक तालिम केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण समारोह कै मौका छोपेर यस क्षेत्रका महिला दिदिवहिनीहरुमा टेलरिङ विजनेसको लागि ३ महिने सिलाइ कटाइ तालिमको पनि उद्घाटन गरिएको छ, जस अन्तर्गत तालिममा उत्कृष्ट दिदिवहिनीहरुले तालिम सकिएपछि सिलाइ मेसिन सहित अन्य आवश्यक उपकरण पनि साथमा पाउने छन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजकल्याण परिषद्का सदस्य सचिव भट्टले व्यावसायिक तालिम केन्द्र भवन निर्माण गरेर सहयोग पुराएकोमा कतार च्यारिटीलाई धन्यवाद दिदै उक्त भवन व्यावसायिक तालिम संचानल गर्न प्रयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले कतार च्यारिटीले सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै, विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जीवनका लागि गरेका कार्यक्रमहरु प्रशंनिय रहेको बताए ।

बुढानिलकण्ठस्थित भुकम्पले क्षति पु¥याएको समाजकल्याण परिषदको यस तालिम केन्द्र रु १ करोड १७ लाख ८३ हजार ६ सय १९ रुपैयाको लागतमा बनेको भवनको क्षेत्रफल ४ हजार ८ सय १६ बर्ग फिट रहेको भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १वटा सेमिनार हल १ वटा किचनसाथै ८ वटा शौचालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरामा स्टिम एजुकेशन तालिम शुरु

२८ भाद्र २०७९, मंगलवार २०:२३
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको समन्वय तथा सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको आयोजनामा स्टिम एजुकेशन सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । पालिकाको शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्य लिएको पालिकाले मंगलबारदेखि खजुरामा स्टिम एजुकेशन सम्बन्धी तीन दिने तालिम सुरु भएको […]