२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कमिट नेपाल बाँकेको १५ औ साधारण सभा नेपालगञ्जमा सम्पन्न



नेपालगञ्ज : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपाल बाँकेको १५ औ साधारण सभा तथा ८औ अधिवेशन नेपालगञ्जमा सोमवार सम्पन्न भएको छ ।

अधिकार सामाजिक न्याय आत्म सम्मान सशतिmकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान भन्ने नाराका साथ अधिवेशन गरिएको हो । कमिट नेपालका अध्यक्ष प्रकाश वादीको अध्यक्षतामा गरिएको अधिवेशनमा लुम्बिनी प्रदेशभरका वादी समुदायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वाय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले पानसमा बत्ति बालेर अधिवेशनको उद्घाटन गरेका थिए ।

कमिट नेपालका उपाध्यक्ष विष्णु वादीले हरेक वादी समुदायका महिलाको जिल्लासँगै केन्द्रसम्म प्रतिनिधित्व हुनुपर्ने, खेति योग्य जमिन पाउनु पर्ने, अरु सरह अधिकार पाउनु पर्ने, वादी समुदायका बालवालिकाले अरु सरह पढन पाउनु पर्ने, वादि समुदायका हरेक माग सम्वोधन हुनुपर्ने बताए ।

राष्ट्रिय वादी संजालका अध्यक्ष तथा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले वादि समुदाय आफैमा सशक्तिकरण हुनुपर्ने र मानविय स्रोतको रुपमा परिचालित हुनु पर्नेमा जोड दिए ।

अधिवेशनमा सेफ नेपाल बाँकेका अध्यक्ष सुक्ला नेपाली, कमिट नेपालका अभियन्ता शुसिला वादी लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार
ताजा समाचार