२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर भएका छन् । रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरे ।

प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आएका हुन् । रिजालले करिब १५ बर्ष स्थानिय तह र स्थानिय निकायमा लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बिकास अधिकारी, जिल्ला समन्वय अधिकारीको रूपमा काम गरेको अनुभव छ ।

पछिल्लो पटक उनी कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए । उनको स्थायी घर पर्बत हो ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार
ताजा समाचार