कोहलपुरको नापी र मालपोत सञ्चालन हुन सकेन

सदरलाइन संवाददाता २१ भाद्र २०७९, मंगलवार १६:०५
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा स्थापना गरिएको नापी र मालपोत कार्यालय पूर्वाधार र कर्मचारी अभावमा सञ्चालनमा आउन सकेको छैन । नापी र मालपोत कार्यालय स्थापनाको खवर पाएपछि सेवा लिन पुगेका सेवाग्राहीहरु भने रित्तो हात फर्किन बाध्य भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशक नै आएर गएको एक हप्ता अघि कार्यालय उद्घाटन गरिएको थियो ।


उपसचिवस्तरका प्रमुख रहने नापीमा र मालपोतमा ५५ जना कर्मचारीको दरबन्दी तोकिएको छ । नापी र मालपोतलाई कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथसहित तीन पालिकाको क्षेत्राधिकार तोकिएको छ । नापी कार्यालय, बाँकेका प्रमुख सहदेव सुवेदीले बजेटसँगै दरबन्दी सुनिश्चितको प्रक्रियामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा काँग्रेस एक्लै चुनाव लड्न सक्षम छ : गौडेल

२१ भाद्र २०७९, मंगलवार १६:०५
नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको […]