२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा चट्याङ लागेर मृत्यु भएका दुबै जनाको परिचय खुल्यो



दाङ : दाङको घोराही उपमहानरपालिका – १२ गुरउ गाउँमा चट्याङ लागेर मृत्यु भएको दुई जनाको परिचय खुलेको छ । मंगलवार राती ११ बजे चट्याङ लागेर सोही ठाउँकी १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुइ जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

तिजको बेला महिलाहरु साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार
ताजा समाचार