तीजको नाच हेर्ने क्रममा झडप हुँदा एकको मृत्यु

सदरलाइन संवाददाता १५ भाद्र २०७९, बुधबार १३:००
 

सुर्खेत : सुर्खेतमा तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । झडपमा ढुंगा प्रहारबाट मंगलवार राती २० वर्षीय रोशन जीसीको मृत्यु भएको हो ।


प्रहरीका अनुसार, कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा चट्याङ लागेर मृत्यु भएका दुबै जनाको परिचय खुल्यो

१५ भाद्र २०७९, बुधबार १३:००
दाङ : दाङको घोराही उपमहानरपालिका – १२ गुरउ गाउँमा चट्याङ लागेर मृत्यु भएको दुई जनाको परिचय खुलेको छ । मंगलवार राती ११ बजे चट्याङ लागेर सोही ठाउँकी १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै दुइ जना गम्भीर घाइते भएका […]