२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयको अवरोध



नेपालगञ्ज : बाँकेको कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयले अवरोध गरेका छन् । मेयर पूर्ण प्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको २÷४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको हो ।

मेयर आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले अतिक्रमित संरचना हटाइरहेको अवस्थामा स्थानीयले विरोध जनाएपछि अहिले स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार
ताजा समाचार