लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालय भालुबाङमा

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १४:५६
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ । राप्ती गाउँपालिका वडा नं.१ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो ।

वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए ।

‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौँ । अन्य कार्यालयहरु पनि आउछन’उनले भने–‘प्रदेश राजधानी कार्यान्वयन हाम्रो पहिलो प्राथमिकता छ । त्यही भएर यसमा हामीले बेसी ध्यान दिएका छौँ ।’ यसअघि सिसहनीयामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरी स्वास्थ्य सेवा प्रवाहको लागि काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले बताए ।


मुख्यमन्त्री तथा मन्त्रीपरिषद, अन्य मन्त्रालयहरु पनि बुटवलमा भएकाले स्वास्थ्य मन्त्रालय केही समय सुनसान जस्तै बन्यो । पछि मन्त्री र सचिवहरु मन्त्रालयमा बस्न थालेपछि अहिले सिसहनियाबाट मन्त्रालयको कामकाज भइरहेको छ ।

वडा नं. १ को कार्यालय भवन निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिएर वडा कार्यालय भाडाको घरमा सारिएको वडा अध्यक्ष गेमबहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघ बाँकेद्वारा तीज मिलन कार्यक्रम

१० भाद्र २०७९, शुक्रबार १४:५६
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार नेपालगञ्जस्थित आफ्नै भवनमा तीज मिलन तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको तीज कार्यक्रममा सहभागीहरुले हिन्दु नारीहरुको महान ठूलो पर्व तीजले एकता, सद्भाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका थिए । निवर्तमान उपमेयर […]