ब्राउनसुगरसहित दुई जना प्रक्राउ

सदरलाइन संवाददाता ९ भाद्र २०७९, बिहीबार १३:२२
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय तुलसीपुरले २२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका–५ घर भएका २९ वर्षीय मान बहादुर गन्दर्भ रहेका छन् ।


उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–६ बाट बुधबार राति प्रक्राउ गरेको हो ।

प्रक्राउ परेका गन्दर्भमाथी थप सोधुपछ गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३० वर्षीय अनिल बिकसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि अनिललाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार २ संक्रमित थपिए

९ भाद्र २०७९, बिहीबार १३:२२
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् भने १ जना जिल्ला बाहिरका […]