झाडापखलाबाट दाङमा बालकको मृत्यु, १७ विरामी

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १४:१०
 

नेपालगञ्ज : दाङको राजपुर गाउँपालिका वडा नं ७ मा झाडापखालाबाट एक बालकको मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् ।

राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ ।


उहाँको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेर उपचार शुरु गरिसकेको राजपुर स्वास्थ्य चौकीका प्रमुख खिमबहादुर रावलले जानकारी दिए ।

झाडापखालाबाट गम्भीर विरामी परेकाको उपचार जारी रहेको र हाल सामान्य अवस्था रहेको रावलको भनाइ छ । सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आकाशे पुल र सडक कालोपत्रे योजनाको मन्त्री राईद्वारा शिलान्यास

४ भाद्र २०७९, शनिबार १४:१०
नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँचवटा आकाशे पुर र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गरेका छन् । मन्त्री राईले दुबै आयोजनाको धम्बोझी चोक र राँझा चोकमा छुट्टाछुट्टै कार्यक्रममा शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै उनले धर्म र जातिको […]