बढैयातालमा नदीमा डुबेर २ बालकको ज्यान गयो

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १४:०२
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई बालकको शव नदीबाट निकालिएको हो ।


मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो । तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झाडापखलाबाट दाङमा बालकको मृत्यु, १७ विरामी

४ भाद्र २०७९, शनिबार १४:०२
नेपालगञ्ज : दाङको राजपुर गाउँपालिका वडा नं ७ मा झाडापखालाबाट एक बालकको मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् । राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ । उहाँको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि […]